सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर ४। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र विक्रिदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ २२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा