सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ९। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला रहेको बताउका छन् । बिहीबार (आज) बिहान अध्यक्ष प्रचण्डले गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गराउदै गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा रहने बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’
माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा। जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा