सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । आइतबार पूँजीबजार सुधारोन्मुख देखिएको छ । कारोबार भएका सबै समूहमा सुधार आउँदै शेयर बजार परिसूचक नेप्से ८ अंकले बढेर १५ सय १८ विन्दुमा पुग्यो ।
होटल समूह ३० अंकले, बीमा समूह २६ अंकले, विकास बैंक समूह १३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ७ अंकको सुधार आयो ।
यसदिन कारोबार पनि सुधारियो । १ सय ५५ कम्पनीको ८ लाख १४ हजार बराबर कित्ता शेयर ५१ करोड ८६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा