सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन , असोज २० । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) चितवनल २१ जनाको नाम सिफारिस गरेको छ।जिल्ला कमिटीको बिहीबार सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको सो पार्टीले जनाएको छ।
त्यसैगरी क्षेत्र नं २ बाट पार्टी अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिस गरेको छ। पोखरेल यसअघि पनि चितवन क्षेत्र नं ३ बाट सांसद बनेका थिए। यसैगरी क्षेत्र नं ३ बाट चार जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, रविकिरण पौडेल र सूर्य जमरकट्टेल छन्।
त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ (क) बाट दावा दोर्जे लामा र डा कृष्ण पन्त तथा (ख) बाट कृष्ण खनाल, क्षेत्र नं २ (क) बाट विजय सुवेदी र (ख) बाट तेजेन्द्रबहादुर खड्का, क्षेत्र नं ३ (क) बाट कृष्ण भूर्तेल र (ख) बाट रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लीला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य र श्रीमान् थिङको नाम सिफारिस गरिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए। समानुपातिक तर्फको नाम भने टुंगो लाग्न सकेको छैन। रासस
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा