सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बर्दिया, असोज १६ । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो ।
झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यू आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार स्थिति साम्य नभएसम्म कर्फ्यू आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा