सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हरियो सागको कुरा गर्दा पालुंगोको उल्लेख भइहाल्छ । यो त रामवाण नै हो भन्दा हुन्छ । पालुंगो नियमित रूपमा खाने मानिसले कहिले पनि अस्पताल जानुपर्दैन ।
पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् । यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।
पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् । छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ । पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन ।
पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ । पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर र कान्तिमय हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा