सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । ओखलढुङ्गामा करेन्ट लागेर हिजो एक मजदुरको ज्यान गएको छ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलालीको हसुलिया–४ का ३० वर्षका बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
चौधरी सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको मजदुर थिए । चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा