सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले मिति २०८१ चैत ४ देखि १० गतेसम्म साताव्यापी अभियान सञ्चालन गर्दै लक्षित वर्गहरूलाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रमहरू आयोजना गरेको हो।
बैंकका गंगबु, धनगढी, चन्द्रनिगाहपुर, दमौली, इटहरी, जनकपुर, वीरगञ्ज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा लगायतका शाखा तथा केन्द्रीय कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम, प्रभातफेरी तथा सचेतनामूलक गतिविधिहरू सम्पन्न गरिएको छ।
बैंकका अनुसार यी कार्यक्रमहरूमा १२०० भन्दा बढी सहभागी भएका छन्। कार्यक्रममा सहभागीहरूलाई बचत, कर्जा, लगानी, सफा नोट प्रयोग, डिजिटल बैंकिङ सेवा, विप्रेषण, गुनासो व्यवस्थापन, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
साथै, बैंकले आफ्ना सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्री तथा भिडियो प्रसारण गरी वित्तीय जागरुकता अभिवृद्धि गरेको छ। बैंकले यस अभियानबाट किशोर-किशोरी तथा युवा-युवतीहरूमा वित्तीय शिक्षाको महत्वबारे चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
बैंकले हालै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुरूप “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ। बैंकले आगामी दिनहरूमा पनि वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा