सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फोटोग्राफीका सौखिनहरुको लागि खुसीको कुरा छ की निकोनले एक नयाँ तथा बिषेश क्यामेरा लन्च गरेको छ । कम्पनीले कुलपिक्स W३०० कम्प्याक्ट मोडल नामको क्यामेरा लन्च गरेको हो ।
यो क्यामेरा वाटरप्रुफ हुनुको साथै कुनै पनि खालको मौसमले असर नपार्ने खालको छ । यसलाई पानीको ३० मिटर गहिराईसम्म तथा १० डिग्रि सेल्यियस तापक्रम भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । यो क्यामेराको मूल्य ३ सय ९५ अमेरिकी डलर पर्ने बताइएको छ ।
निकोनको यो क्यामेरा २.४ मिटरको उचाइबाट तल झर्दा पनि केही बिग्रँदैन । यसमा १६ मेगापिक्सलको क्यामेरा, १/ २.३ इन्च को सेन्सर र ५एक्स अप्टिकल जुमको क्षमता रहेको छ । यसको आइएसओ रेन्ज १२५ देखि १६०० सम्म छ जसलाई बढाएर ६४०० सम्म पुर्याउन सकिन्छ।
निकोल कुलपिक्सल कम्प्याक्ट क्यामेरामा ३ इन्चको एलसिडी डिल्प्ले स्क्रिन रहेको छ । यसमा पिक्सल रिजोलुसन ९२ छ । यसमा वाइफाई जिपिएस इ कम्पास तथा एल्टिमिटर पनि रहेको छ ।
एजेन्सी ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा