सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन काठमाडौंको बाइसधारामा पाँचदिनसम्म लाग्ने मेला आजबाट सुरु भएको छ । काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने हेतुले मेला व्यवस्थापन समितिले २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाएको जनाएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यो वर्ष मेलामा दुई लाख भक्तजनले सहभागीता जनाउनले समितिले अनुमान गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा