सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर , जेठ १४ – मत परिणाम आउन बाँकी भरतपुर महानगरको उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भएको छ।
भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।
दुई वटा वडाको मत गणना नगर्दै काँग्रेसकी शाहको मतसंख्या ४४ हजार ७९ छ। उनकी निकटम प्रतिद्वन्द्वी दिव्य शर्माले ३७ हजार ६८० मत पाएकी छिन्। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा