सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ साउन । मधेस प्रदेशका बिना विभागीयमन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन् जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।
कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।
नयाँ मन्त्री चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमत पार्टीले जनाएको छ ।
आजै मन्त्रिपरिषद विस्तारको तयारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा