सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ फागुन । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो ।
फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते बिदा परेकोले २ गते आजबाट लागू गर्ने भएको हो ।
मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल १०० अङ्कभामा प्रशिक्षार्थीले ७० अङ्क प्राप्त गरे पनि लाइसन्स प्राप्त गर्न सक्नेछन् ।
३ पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले लागू गर्न निर्देशन दिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा