सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, २७ बैशाख । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बैशाख २७ गते राती साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय भगवान किस्कुलाई उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा