सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर लाभ लिएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुभयो।
‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए,’ उहाँले भन्नुभयो, ‘तर, उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन् ।’
स्थानीय नेता तथा कार्यकर्तालाई स्थानीय बिषयमा धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको भए अझ परिणाम राम्रो आउने उनको दावी थियो ।
उनले निर्वाचनमा धाधली भएको संकैत गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने तर्क राखे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा