सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३१ बैशाख । काठमाण्डौ महानगरपालिकाको अहिलेसम्म २ सय ३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गरेका छन् । बालेन साहलाई पछ्याइरहनु भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दोब्बरले मतले अघि हुनुहुन्छ । सिंहले ४६ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गर्नुभएको छ । अरू मत बदर भएको छ ।
काठमाडौँ महानगरको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा