सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ बैशाख । आज सोमबार वाग्मतीसहित केही प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैदेखि वाग्मतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा