सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ बैशाख । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको छ। निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेका छन् ।
प्याव्सनका अध्यक्ष डीके ढुगांनाले सरकारले दुई दिन विदा दिने निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले शुक्रवार फुल टाइम पढाएर दुई दिन बिदा दिँदा अध्ययन अध्यापनमा खासै फरक नपर्नै बताए ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समय विहान ९ः३० देखि ५ः३० सम्म बढाएर हप्ताको दुई दिन विदा दिने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा