सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, १२ बैशाख । एक्सेलले नेपालमा पहिलो पटक छ वटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ। एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम संचालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुवात गरेको हो। जसको स्थापना बेलायतको लण्डनस्थित सिटी एण्ड गिल्ड्सले गरेको हो।
हस्पिटालिटीमा व्यावसायिक पाठ्यक्रमहरूको दायरा बढाउनको लागि एक्सेलसँगको साझेदारीमा कार्यक्रमको सुरुवात भएको हो। सम्झौताअनुसार इन्टरनेशनल ग्लोबल हस्पिटालिटी क्वालिफिकेसन इन फूड प्रिपरेसन, बेकरी एण्ड पेस्ट्री, बरिस्टा, बार ट्रेन्डिङ, फूड एन्ड बेभरेज सर्भिसेज स्किल फाउन्डेसन सर्टिफिकेट इन बेसिक फूड प्रिपरेसन र डिप्लोमा इन हस्पिटालिटी इन्डस्ट्री कार्यक्रम सुरु हुनेछ।
सिटी एण्ड गिल्ड्स साउथ एसियाका क्षेत्रीय प्रमुख जयन्त चौहान (उत्तर भारत, नेपाल र भुटान)ले भने, ‘अहिले उद्योगको आवश्यकता अनुसार दक्ष कर्मचारीहरु नभएकोले एक्सेलले आवश्यकता र माग अनुसारको कर्मचारी पूर्ति गर्ने विश्वास लिएको छु।’
यी पाठ्यक्रमहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले द ब्रिटिस कलेज (टीबीसी)को अत्याधुनिक किचन, रेस्टुरेन्ट र बारको फाइदा लिन सक्नेछन्। बीएससी (हन्स) हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमका विद्यार्थीहरुले पनि सोही किचनको प्रयोग गर्दै आइरहकेका छन्।
हस्पिटालिटी क्षेत्रका विशेषज्ञहरूले निर्माण गरेको सिटी एण्ड गिल्ड्स पाठ्यक्रमहरू उद्योगको आवश्यकता परिपूर्ति गर्नको लागि डिजाइन गरिएको हो। यी कोर्षहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीपहरु प्रदान गर्नेछ। उत्कृष्ट सिकाईको कारण प्रशिक्षार्थीहरुले नेपाल तथा विदेशमा राम्रो रोजगारीको अवसर प्राप्त गर्ने विश्वास एक्सेलले लिएको छ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा