सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ बैशाख । अल्टा भिष्टा “A School of Spanish Language ” को १६ औ बार्षिकोत्सबको उपलक्ष्यमा पानिपोखरीमा थेदेउ नेपालको समुद्घाटन गरिएको छ। उक्त समुद्घाटन समारोह पश्चात होटल ले हिमालय लाजिम्पाटमा एक समारोहका बिच स्पेन, स्पेनी संस्कृति, भाषा र हस्पिटालिटी सम्बन्धि छलफल गरिएको थियो। नेपालका लागि स्पेनि अवैतनिक वाणिज्य राजदूत अम्बिका श्रेष्ठ, थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवला, बबरमहल भिल्लाजका प्रबन्ध निर्देशक जयस् रिमाल फाउन्डर मेम्बर अफ अल्टा भिष्टा सृजना सुवेदी, ज्याक्सन सुवेदी, फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्दे लगायत काठमाडौंका उत्कृष्ट कलेजका होटल म्यानेजमेन्ट फ्याकल्टी हरूको बाक्लो उपस्थित रहेको थियो।
उक्त कार्यक्रमको प्रस्तुतीको क्रममा अल्टा भिष्टाका सस्थापक सदस्य ज्याक्सन सुवेदीले थेदेउ नेपाल स्थापना भएकोमा खुसी ब्यक्त गर्दै स्टडी इन स्पेन, थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज् का बारेमा जानकारी प्रदान गर्नु भयो।
प्रस्तुतीकै क्रममा थेदेउ स्पेन र बिसिएन लयर्सका प्रतिनिधि पेपे ओरीवलाले अल्टा भिष्टा स्थापना भएको १६ बर्ष भएको उपलक्ष्यमा शुभकामना दिदै थेदेउ सेन्टर अफ युनिभर्सिटी स्टडीज् रेख्वान कालोस् युनिभर्सिटी एफिलीएटेड रहेको र यसका बारेमा जानकारी थेदेउ नेपालले प्रदान गर्ने समेत जानकारी गराउनु भयो।
शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सन् २००६ देखि स्पेनिस भाषा, संस्कृति र शिक्षण पद्धति प्रबर्द्धन गर्दै आएको अल्टा भिष्टा को बार्षिकोत्सबकै दिन थेदेउ नेपाल स्थापना भएकोमा मुरी मुरी धन्यवाद दिदै अष्ट्रेलियन हस्पिटालिटी एजुकेशन आफुले प्राप्त गरी क्यानडामा काम गरी नेपाल फर्किएर
र्याडिसन् होटलमा काम गरी हाल बबरमहल भिल्लाजको प्रबन्ध निर्देशक समेत भै आफ्नै होटल चलाइरहेको अनुभव साट्दै स्पेन र नेपालले हस्पिटालिटी क्षेत्रमा धेरै गर्नसक्ने अबसर रहेको जयस रीमालले जानकारी गराउनु भयो।
मन्तव्यका क्रममा फस्ट क्लास रेष्टुरेण्ट चेन्स् इन मादृद गोन्यालो बासा फागाल्देले उपस्थित सम्पूर्णमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै अल्टा भिष्टा लाई भबिस्य पनि स्पेनिस भाषा प्रबर्द्धनमा लाग्न उत्पेरणा प्रदान गर्नु भयो।
कार्यक्रमको अन्तमा अल्टा भिष्टा नेपालकी फाउण्डर मेम्बर सृजना सुवेदीले उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा