सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २२, सिरहा –संघीय समाजवादी फोरम नेपालमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सहमहासचिव सहित नेता कार्यकर्ता प्रवेश गरेका छन् । विभिन्न पार्टीका १५ सयभन्दा बढी नेता कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको सो पार्टीको दावी छ । मंगलबार लहानमा फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, सदभावना पार्टी लगायत केन्द्रीय सदस्य, क्षेत्रिय अध्यक्ष, जिल्ला सदस्यसहित हजारौंको संख्यामा फोरम नेपाल प्रवेश गरेका हुन् ।
सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता (राजू गुप्ता), केन्द्रीय सदस्य एवं युवा मञ्चका केन्द्रीय इन्चार्ज योगेन्द्र राय यादव फोरम नेपाल प्रवेश गरेका छन् । सद्भावना पार्टीका जिल्ला सचिव राकेश यादव, जिल्ला सदस्यहरु शंकर चौधरी, कमल पासवान, रविन्द्र यादव, उपेन्द्र राय, शम्भु यादव, किशुन चौरसिया, हृदय नारायण यादव, दिनेश यादव, चन्देश्वर यादव फोरम नेपालको सदस्यता लिएका छन् ।
त्यस्तै, राजेन्द्र यादव, मोहर चौधरी कलवार, शिवजी यादव, गर्भू साह, लालबाबु यादव टिकुलिया, दिनेश यादव , दिनेश कु यादव, कपल यादव, विद्यार्थी मंचका केन्द्रीय सदस्य दिपेन्द्र यादव र संस्थापक नेता लालबाबु यादव लगायतले फोरममा प्रवेश गरेका छन् । सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार सदस्य रामबल्लभ साह, दलित मञ्चका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र पासवान, क्षेत्रिय अध्यक्ष प्रमोद साह, युवा मञ्च रौतहटका जिल्ला अध्यक्ष दिनेश यादव पनि फोरम नेपालसँग आबद्ध भएका छन् ।
यसैगरी, पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मो. शाबिर राईन, कांग्रेसका जिल्ला नेता बविता यादव, बिणा कुमारी यादव रहेका छन् । नेकपा एमालेका पूर्व गाविस अध्यक्ष बालेश्वर यादवसहित एमालेका सयौं नेता कार्यकर्ता फोरम नेपालमा आएका छन् । पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय नेताहरु, कांग्रेस र एमालेका सक्रिय जिल्ला नेताहरु गरी १५ सयभन्दा बढी प्रभावशाली नेता कार्यकर्ताहरुलाई अबीर फूलमालाले स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा