सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १८ ,नेपालगन्ज – सुर्खेत रत्नराजमार्गको नौवस्तामा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ । बि्हीबार राती ८ बजे नौवस्ताको पहाडीपुरमा भे १ त ६१४० नम्बरको ट्याक्टरबाट खस्दा स्थानीय ५ बर्षीय ईन्द्रबहादुर विकको मृत्यु भएको हो ।
ट्याक्टरमा बसेका विकको कालोपत्रे सडकमा खस्दा ज्यान गएको हो । ट्याक्टरबाट खस्दा गम्भीर घाईते विकको उपचारका क्रममा राती ९ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले बताएको छ । रत्नराजमार्गमा तीव्र गतिमा रहेको ट्याक्टरबाट उफ्रिएर बालक सडकमा खसेको प्रहरीले जनायो । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा