सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३” लाई प्रमाणीकरण गर्नुभएको छ ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उहाँले उक्त विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
उक्त विधेयक व्यवस्थापिका–संसद्को गत माघ १७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा