सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८% नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२ लाख ७ हजार १०८ सम्म अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको कुल २२ लाख ७ हजार १०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ । एक कार्यक्रमका बिच सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरे ।
बैंकले श्री हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि गएको साउन १० मा आव्हान गरी साउन ३१ मा बाँडफाँड गरेको थियो । सूचीकृत “८% नबिल डिबेन्चर २०८५” (NBLD85) को दोश्रो बजारको कारोबार भोलि मंसिर १६ गते देखि नेप्सेमा शुरु हुनेछ । ७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५ साउन ३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा