सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । माइक्रो ब्लगिङ साइट ट्विटरको नयाँ सिइओमा पराग अग्रवाल चयन भएका छन । सोमबार ज्याक डोर्सीले सिइओबाट राजिनामा दिएपछि म्यानेजमेन्ट टिमले अग्रवाललाई नियुक्त गरेको हो ।
ट्विटरमा हेड टेक्निकल अफिसरको रुपमा कार्यरत अग्रवालले अब क्यालिफोर्नियाबाट ट्विटरको नयाँ सिइओको रुपमा कमान सम्हाल्नेछन् ।
पराग अग्रवालले IIT-बम्बेबाट ग्रेजुएशन गरेका छन् । यसपछि स्टैनफोर्ड यूनिभर्सिटिबाट कम्प्युटर साइन्समा पीएचडीको पढाई पनि गरीसकेका छन् । यसपछि २०११ मा अग्रवालले एड इन्जिनियरको रुपमा ट्विटर कम्पनिमा काम शुरु गरेका थिए र पछि उनी सफ्टवेयर इन्जिनियर बने । ट्विटरले २०१७ मा पराग अग्रवाललाई चीफ टेक्निकल अफिसरको रुपमा नियुक्त गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा