सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनले सात प्रदेशमध्ये तीन प्रदेशका केन्द्रीय सदस्य निर्वराेध रूपमा चयन गरेकाे छ । बाँकी चार प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको नाै-नाै गरी २७ जना केन्द्रीय सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । प्रदेश १, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा महिलातर्फका उम्मेदवार निर्विरोध हुने भएका छन् ।
प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदूरपश्चिमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने खुलातर्फ आन्तरिक प्रतिस्पर्धा हुनेछ भने सुदूरपश्चिम प्रदेश मात्रै यस्तो प्रदेश भएको छ, जहाँ खुला र महिला दुवै कोटामा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा