सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।
यसका लागि ग्राहकले बैंकको इजिबैंक प्लाटफर्म https://easybank.siddharthabank.com/ प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दती खाता खोल्ने आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्ने ‘आकर्षक ब्याजदर’को फाइदा लिन सक्ने बैंकको विज्ञपितमा उल्लेख छ ।
पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ एप सिद्घार्थ बैंकस्मार्टबाट मात्र प्रदान गर्दै आएकोमा अब ग्राहकले घरबाटै इजिबैंक वा बैंकस्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यो बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ । आगामी दिनमा अरु पनि अनलाइन सुविधा ल्याएर बैंकिङ सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा