सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, १३ चैत। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले भारतले माफी माग्नुपर्ने बताएका छन् ।भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै उनले भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताए ।आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको थ्रेस होल्डको व्यवस्था जायज भएको तर्क गरेका छन् । साना राजनीतिक दलहरुले थ्रेस होल्डको विरोध गरिरहेका बेला नयाँ शक्तिका संयोजक भट्टराईले थ्रेस होल्डको पक्षमा तर्क गरेका हुन् ।
असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए । उनले निर्वाचनका लागि नयाँ शक्ति नेपाल तयार रहेको पनि बताए ।मेची-काली अभियान चलाएको नयाँ शक्तिले आजै धनगढीको पार्कचोकमा सभा गर्दैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा