सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ुहजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डा। बाबुराम भट्टराईको उरन्ठेउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्याउँदैन।
पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गरेका थिए।
भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उनले दूध चढाइरहेको तस्वीरमाथि ‘विश्वास खतरनाक चिज हो, यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ भन्दै उक्त तस्वीर शेयर गरेका थिए।
हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।
— Ram Chandra Paudel (@NcPaudel) July 21, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा