सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
२६ वैशाखमा मुख्यमन्त्रीबाट राजीनामा दिएका गुरूङ विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि ठूलो दलको नेताको हैसियतले २९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री बनेका थिए ।
संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका उनले उपधारा ४ अनुसार बिहीबार १२ बजेपछि संसदमा विश्वासको मत लिने छन् ।
स्पष्ट बहुमत नरहेकाले विपक्षी दलका सांसदलाई फ्लोर क्रस गराउन सके मात्रै पृथ्वीसुुब्बा नेतृत्वको सरकारले आगामी डेढ वर्षका लागि निरन्तरता पाउने छ ।
चार वटै विपक्षी दलले सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्वीप जारी गरेका छन् । काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङको विपक्षमा मत हाल्न बुधबार ह्वीप जारी गरेका थिए ।
एमालेले भने पक्षमा मत हाल्न ह्वीप लगाइसकेको छैन । गण्डकीमा सत्ता र प्रतिपक्ष दुवैसँग स्पष्ट बहुमत छैन ।
प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । ६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा एमाले बाहेकका विपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल तुल्याउन एकजुट भएका छन् । प्रदेशसभामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा (साविक नयाँ शक्ति) पार्टी गरी चारवटै दल वर्तमान सरकारविरुद्ध एकजुट भएका हुन् ।
प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा