सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।
उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि कोमललाई बैशाख २२ गतेदेखि वार्डमा सारिएको हो ।
उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र प्रेरणा शाहको अवस्था भने सामान्य छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा