सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– एनआइसी एसिया बैंकले पनि अनलाइनमार्फत विदेशबाट खरिद गरिने वस्तु वा सेवाको भुक्तानी गर्न मिल्ने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’का आधारमा अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ ।
भिसा कार्डमा आधारित उक्त कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्ड प्राप्त गर्न केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले स्वदेशी नागरिकलाई अनलाइनमार्फत विदेशबाट गरिने किनमेल र अन्य सेवाको भुक्तानीका लागि वार्षिक पाँच सय डलरसम्म सटही सुविधा दिने नियम ल्याएलगत्तै बैंकहरुले धमाधम उक्त रकमको प्रिपेड कार्ड जारी गर्न थालेका छन् । कतिपय बैंकहरुले यसअघि नै त्यस्तो कार्ड ल्याइसकेका छन् ।
एनआइसी एसियाले उक्त कार्ड जारी गर्दा कार्ड शुल्क बापत निश्चित रकम लिने र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था गरेको छ । ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम पाँच सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा