सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एडभोय नेपालले यसै साता काठमाडौँको एभरेष्ट होटलमा युके अध्यानार्थ जान चाहने विधार्थीहरूलाई परामर्श प्रदान गरिरहेको परामर्श ब्यावसायीहरू लाई एजेन्ट कनकेल्भ २०२१ मार्फत युके एजुकेशन सिस्टम, अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको अबस्था, कोभिड को असर र बेलायतमा अबस्थित उत्कृष्ट बिश्वबिद्यालय का बारेमा छलफल गरीयको थियो।
कार्यक्रमको बिधिवत सुभारम्भ संगै एडभोएकी सिनियर स्टुडेन्ट रिक्युटमेन्ट मेनेजर प्रज्ञा शाहले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो। एजेन्ट कनकेल्भमा युकेका उत्कृष्ट बिश्वबिद्यालय र हालको अबस्थाका बारेमा एडभोएका साउथ एसिया डाइरेक्टर बिजय श्रिचरनले जानकारी गराउनु भयो।
भर्चुवल्ली जोडिदै एडभोएका फाउण्डर तथा सिइओ सादिक वाशले एजेन्ट कनकेल्भ २०२१ को मुख्य उद्देश्यको बारेमा जानकारी गराउनु भएको थियो।
पोस्टकोभिडको अबस्थामा एडभोएले बिध्यार्थीहरूलाई बिश्वबिद्यालय, कोर्स, छात्रबृती लगायत वान स्टप सोलुसन फर अब्रड स्टडी सर्भिस प्रदान गर्ने उद्देश्यले नेपालमा एडभोए आफुले प्रबर्धन गरेको एडभोएका नेपाल कन्ट्रि डाइरेक्टर फिलिप डिसी ले कार्यक्रममा जानकारी गराउनु भयो। शुभकामना र उत्प्रेरणा प्रदान गर्नकालागि महानायक राजेश हमाल, कलाकार पुजा शर्मा लगायतका कलाकारको उपस्थितिले कार्यक्रमको रौनकता बडायको थीयो। यसैगरी कार्यक्रममा टायर 4 स्टुडेन्ट भिजा एप्लिकेशनका बारेमा भिजा एन्ड इमिग्रेसन हेड अफ बृटिस हाइ कमिसन न्यु दिल्ली दिव्या मल्होत्राले जानकारी गराउनु भयो। कार्यक्रमको दोश्रो सत्र युनिभर्सिटी इन्फर्मेसन सेसनमा युनिभर्सिटी अफ बोल्टन, युनिभर्सिटी अफ साउथ वेल्स, युनिभर्सिटी अफ ब्रइटन,युनिभर्सिटी अफ रोहेम्टन, कोभेन्ट्री युनिभर्सिटीका बारेमा भिडियो प्रीजेन्टेसन प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा एडभोए नेपालकी स्टुडेन्ट रिक्युटमेन्ट मेनेजर सुजिना रन्जितले भर्चुवल्ली र फिजिकल्ली उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो। कार्यक्रममा परामर्श ब्यावसायी हरूको छाता संगठनका प्रतिनिधि, अब्रड स्टडीमा दक्षता अभिबृद्धि गर्न चाहनुहुने ब्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रस्तुती पुर्व मिस नेपाल सदिच्छा श्रेष्ठले गरेकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा