सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताउनु भएको छ ।
बिहीबार सामाजिक सञ्जाल मार्फता भट्टराईले अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएका भट्टराई लेख्नुहुन्छ, ‘सुप्रिम कोर्टपछि राजनीति पुन: दल/नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ ।’
उहाँले टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने पनि बताउनुभएको छ । देशको आवश्यकता र जनताको चाहना अब दल तथा नेताहरुले पाठ सिक्नुपर्ने रहेको भन्दै जनचाहना दल तथा नेताहरुले नयॉ राष्ट्रिय सहमति गरून् भन्ने रहेको भट्टराईले बताउनुभयो ।
‘टाउको गन्ती,ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्सनयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’ उहाँले लेख्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा