सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् ।
परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन् ।
यसको सट्टा गर्भवतीले कोभिड १९ विरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बञ्चित हुने हुनाले नलगाउन सुझाएको हो । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा