सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको बाचा लामो समय टिकेन ।आजको कान्तिपुरमा खबर छ– नेपाल मामिलालाई पुनः पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनल । जसले गर्दा यतिखेर नेपाल र भारतको सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’ स्तरमै कायम हुन पुगेको छ ।राजनीतिक तह ‘सेरेमोनियल’ मात्र देखिन थालेको छ ।
भारतीय प्रधानमन्त्रीको स्तरमा १७ वर्षसम्म नेपाल भ्रमण हुन सकेको थिएन, जसलाई मोदीले २०७१ साउनमा भ्रमण गरेर तोडे । त्यसको चार महिना नहुँदै मंसिरमा काठमाडौंमा १८ औं शिखर सम्मेलनमा सहभागी हुँदै राजनीतिक तहमा सम्बन्ध स्थापना भएको सन्देश फेरिदिए । त्यसको केही समयमै नेपाल मामिला विस्तारै प्रशासनिक तहमा छोड्दै गए ।पुरानै शैलीको निरन्तरतामा फर्कियो सम्बन्ध । मोदीको स्तरमा पछिल्लो समय राजनीतिक विषयमा छलफल हुन सकेको छैन ।
राजनीतिक स्तरको जानकारी राख्ने तर सीधा प्रभावमा नराख्ने नीतिमा रहेका मोदी अहिले आन्तरिक रुपमा बलियो बने । उत्तर प्रदेश र उत्तराखण्डमा विजयपछि मोदी आफ्नो दल र संसद्मा बलियो भएका छन् । उनले आफूले भनेझैं ‘छिमेकी सँगै’ नीतिलाई अघि बढाउन सक्ने अड्कलबाजी बाहिर आएका छन् ।अब नेपालमात्र नभएर अन्य छिमेक मामिलालाई आफैंले हेर्ने संकेत दिइसकेका छन् । आफैले भ्रमण गर्नुभन्दा अघिकै शैलीमा छोडेको नेपाल भ्रमणको अवस्थामा ल्याउन सक्ने लक्षणसहितको विश्लेषण भारतीय सञ्चारमाध्यममा आउन थालेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा