सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चीनको सरकारी स्वामित्वको औषधी उद्योगले तयार गरेको कोरोनाविरोधी भ्याक्सिन विश्वव्यापी खोप कार्यक्रममा प्रयोग गर्ने अनुमतिका लागि सम्बद्ध निकायले मूल्यांकन गरिरहेको समाचार आएको छ ।
चाइना नेसनल बायोटेक ग्रुप (सिएनबिजी) का भाइस प्रेसिडेन्ट झाङ युन्ताओले दुई डोज दिनुपर्ने उक्त कम्पनीको खोपको मूल्यांकन राज्यको औषधी नियमनकारी निकायले गरिरहेको जानकारी दिए । उक्त निकायबाट ग्रिन सिंग्नल पाए दुई डोजको ८८ अमेरिकी डलर मूल्यमा बजारमा पाइने पनि उनले बताएका छन् । यसअघि उक्त औषधीको मूल्य १४५ डलरसम्म पर्ने अनुमान गरिएको थियो ।
‘उक्त औषधी यसै वर्षको अन्त्यसम्म सार्वजनिक भइसक्नेमा म विश्वस्त छु, तैपनि अनिश्चितता भने कायमै छ,’ झाङले भनेका छन्, ‘यदि उक्त खोप अनुमोदन भयो भने त्यो ससर्त हुनेछ र त्यो विश्वव्यापी खोप कार्यक्रमका लागि हुनेछ ।’ विश्वव्यापी खोप कार्यक्रम सरकारको नभई कम्पनीले सुझाएको पनि उनले प्रस्ट पारे ।
चीनको नेसनल मेडिकल प्रडक्टस एडमिनिस्ट्रेसनले क्लिनिकल परीक्षणकै चरणमा रहेको तर प्रारम्भिक नतिजा अनुसार प्रभावकारी र सुरक्षित देखिएको उक्त औषधीलाई सर्तसहित अनुमोदन गर्न सक्छ । पूर्ण अनुमोदनका लागि भने परीक्षणको चरण पार गर्नुपर्ने हुन्छ ।
‘यसले दीर्घकालमा नकारात्मक असर गर्छ भनेर हेर्नुपर्ने हुन्छ, खासगरी भाइरससँग एक्सोज हुँदा कुनै गम्भीर असर देखिन्छ कि । तेस्रो चरणको परीक्षणको निरन्तर अवलोकनपछि मात्रै हामीले पूर्ण अनुमोदन पाउनेछौं,’ झाङले भने ।
कम्पनीले सामान्य जनता, खासगरी धेरै मान्छेको सम्पर्कमा आउने कामदारमा खोप कार्यक्रम सुरु गर्ने अपेक्षा गरेको छ । पूरै जनसंख्यालाई खोप लगाइसक्न दुईदेखि तीन वर्ष लाग्ने झाङको अनुमान छ ।
सिएनबिजीले आफ्ना दुईवटा निष्क्रिय खोपको परीक्षण गरिरहको छ । यसको सुरक्षा र प्रभावकारिता जाँच्न ४० हजारजनालाई खोप दिइएको छ ।
सिएनबिजीले खोप उत्पादनका लागि दुईवटा बायो सेफ्टी लेबल ३ का कारखाना तयार गरिरहको छ । आगामी वर्षको सुरुमा ती कारखाना तयार भएपछि ३० करोडदेखि एक अर्ब डोजसम्म खोप उत्पादन गर्न सकिनेछ ।
चीनले तीनवटा निष्क्रिय खोप आपतकालीन प्रयोगको लागि अनुमोदन गरेको छ । जसमा दुर्यवटा सिएनबिजीको र अर्को सिनोभ्याकको छ । समुदायस्तरको संक्रमण रोकिएको चीनमा तीन लाख ५० हजार जनाले आपतकालीन योजना अन्तर्गत खोप लगाइसकेका छन् ।
झाङका अनुसार त्यसरी खोप लगाउनेमा विदेशबाट आउने व्यक्तिको सम्पर्कमा रहनुपर्ने कर्मचारी, देश बाहिरका कम्पनीमा काम गर्ने कामदार र कूटनीतिज्ञहरु छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा