सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा भएको छ । सत्तारुढ दल नेकपाकी नेतृ तथा प्रतिनिधि सभाका सांसद पम्फा भुसालले सो केन्द्रको घोषणा गर्ने भएको हो ।
भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका मंगलबजारलगायतका पर्यटकीय स्थलहरु पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।
बिहीबार ललितपुरमा एक कार्यक्रमलाई सम्ँबोधन गर्दै भुसालले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको स्पष्ट पारे ।
उनले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि पटकपटक दोहोर्याए ।
उनले आफूले कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने जानकारी दिए ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा