सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शितनिवासमा भेटवार्ता भएको छ। ।
आइतवार बिहान प्रचण्ड शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट गरेका हुन् ।
राष्ट्रपति निवास स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थितिक बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार हस्ताक्षर गरेर उपचारका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ विहिवार सिंगापुर उडेका छन् ।
अध्यक्षको जिम्मेवारी पाएदेखी नै अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र दिएका छन् ।
प्रचण्डले शुक्रवार आफ्नो निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा