सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाभित्र केही सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको अभाव भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालयमा शुन्य विद्यार्थी भएपछि सो विद्यालयका तीन जना शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरेर विद्यालय बन्द गरिएको छ । सोही वडामा रहेको शान्ति आधारभूत विद्यालयमा एक जना पनि विद्यर्थाी नभएपछि विद्यालय बन्द गरिएको छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय नगतडीमा पनि ८ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा तीनजना शिक्षक कार्यरत रहेका छन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएपछि सामुदायिक विद्यालय प्रतिको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । दशरथचन्द नगरपालिका वडा नम्बर ८ स्थित त्रिपुरा आधारभूत विद्यालय कोटमा १७ जना विद्यार्थी भर्ना भएका छन् भने ३ जना शिक्षक कार्यरत रहेका छन् । दशरथचन्द नगरपालिका वडा नम्बर ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ जना विद्यार्थी छन् भने १२ जना शिक्षक कार्यरत रहेका छन् ।
यस्तै दशरथचन्द नगरपालिकाको मडला स्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ जना विद्यार्थी छन् भने ४ जना शिक्षक कार्यरत रहेका छन् । दशरथचन्द नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयहरु विद्यार्थीको अभाव झेल्दै आएका नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभएको छ । कतिपय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको भार थेगी दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथका विचारमा पनि सामुदायिक विद्यालयको व्यवस्थापनमै केही कमजोरी छ । सदरमुकाम क्षेत्रका कम विद्यार्थी भएका विद्यार्थीहरुलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरेको भएपनि कानुनी जटीलताले गर्न सकिनेअवस्था नरहेको शिक्षा संयोजक नाथले बताउनुभयो ।
जिल्ला शिक्षा समितिले पनि विद्यालय मर्जबारे त्यस्तो निती बनाउन सकेको छैन । संघीय शिक्षा ऐन नै नआएका कारण अहिले नै मर्जका बिषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा