सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टीमको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टीममा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ पुनरागमन गर्न सफल भएका छन् ।
टीममा ऋत गौतम, पवन शरार्फ, भीम सार्की, हरिबहादुर चुहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी छन् ।
टीमबाट विशालविक्रम केसी र तिलकराज भण्डारी भने बाहिरिएका छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले पहिलो खेल भदौं २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत परेका छन् । राउन्ड रोविन आधारमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा