सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।
गत साउन १६ गते १८ वर्ष उमेर पुगेकाले निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् ।
करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ । निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा