सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २८ । आज साताको तेस्रो दिन बजारमा सुनको मूल्य प्रति तोला एक हजारले बढेको छ । गत बिहीबारदेखि सोमबार सम्म तोलाको ७० हजारमा कारोबार भईरहेकको सुनको मूल्य मंगलबार ७१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।
महासंघले सुनको मूल्य बढे पनि कारोबार ठप्प भएको जनाएका छन् । गत वर्ष यो समयमा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको जनाएका छन् ।
सुनचाँदी व्यवसायी महासंघ संयोजक तेजरत्न शाक्यले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भैरहेका कारण नेपालमा पनि मूल्य बढिरहेको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा