सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथका सुपर स्टार ‘बाहुबली’ प्रभास आजका दिनहरुमा आफनो मोस्ट अवेटेड थ्रिलर फिल्म ‘साहो’ लाई लिएर चर्चामा छन् । फिल्मको धमाकेदार ट्रेलर आज मात्रै रिलिज गरिएको छ । यो ट्रेलर यती राम्रो छ कि यो रिलिज भएको केही समयमा नै ट्रेडिङ मा पर्न सफल भएको छ । यसको ट्रेलरमा यती धमाकेदार एक्शनले भरपुर छ कि हरेक कोही यसलाई पटक–पटक हेर्न चाहन्छ ।
ट्रेलरमा प्रभासको लुक उनको फ्यानहरुलाई क्रेजि बनाइ रहेको छ भने श्रद्धा कपुरको कार्प अवतार पनि निकै उत्कृष्ट देखिन्छ । यो सानो ट्रेलरमा बलीउडका भिलेनको पुरै फौज नै देखिन्छ । ट्रेलरलाई हेरेर हरेक कोही हलीउडको एक्शन फिल्मको जस्तै फिल गरीरहेका छन् ।
आज फिल्मको ट्रेलर ४ भाषामा एकसाथ रिलीज गरिएको छ । फिल्म ‘साहो’ को एक्शन सीनको लागी विश्वभरका ठुला–ठुला एक्शन कोरियोग्राफरको टिमको मद्यत लिइएको छ ।
‘साहो’ मा श्रद्धाले एक प्रहरी अधिकृतको भुमिका निभाएकी छिन । यो भु्मिकाको बारेमा कुरा गर्दे श्रद्धाले भनेकी थिइन कि म पहिलो पटक प्रहरी भुमिका निभाउनको लागी अति उत्साहित छु । यो एउटा यस्तो स्पेशल फिल अनुभुती गरीरहेको छु । यो एउटा सम्मान हो । मेरो लागी देशको प्रतिनिधित्व गर्ने रोल मिल्यो ।
१५० करोड भारुमा बनेको फिल्म फिल्म ‘साहो’ लाई सुजितले निर्देशन गरेका हुन भने फिल्म तेलु्गु, हिन्दि, तामिल र मलयालम भाषामा रिलिज हुनेछ ।
हेर्नुहोस् साहो को ट्रेलर
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा