सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, असार २६ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना कञ्चनपुरको पुनर्वास नगरपालिका १ मा भएको छ । सोही नगरपालिकाका ३९ वर्षीय व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको बलात्कार गरेका हुन ।
छोरीलाई बलात्कार गरेको आफैँले बनाएको भिडियो सार्वजनिक भएपछि बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार राति उनले आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो बनाएको थियो । सो भिडियो कान्छी छोरीले देखेपछि आमालाई खबर गरेकी थिइन।
यसैक्रममा, उक्त भिडियो देखेपछि घरमा झगडा हुन थालेको वास्तविकता छिमेकीले थाहा पाएका हुन्। छोरी बलात्कारीलाई कानुनको दायरमा ल्याउन छिमेकीले नै प्रहरीलाई खबर गरी पक्राउ को हो ।
बिहीबार बलात्कारको आरोपित बाबु र छोरीको सेती अञ्चल अस्पताल धनगढीमा मेडिकलमा चेकजाँच गरेको छ। इप्रका त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक भूपाल सिंह थापका अनुसार बलात्कारका आरोपितमाथि अनुसन्धानको कार्य भइरहेकोले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा