सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ४ । सरकारले गुठी बिधेयक फिर्ता लिए पनि गुठी विधेयक विरुद्ध राजधानीको माइतिघर मण्डलामा बुधबार मानव सागर उर्लिएको छ । गुठी विधेयक नै खारेज गर्नुपर्ने माग सहित विशाल प्रदर्शन गरिएको छ ।
जुलुसमा सहभागिहरुले विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए ।
उनीहरुले देखिस नेवारको पावर, गुठि विधेयक खारेज गर, नेवाः एकता जिन्दावाद, धर्म संस्कृतिप्रतिको नांगो नाच बन्द गर, गुठि मास्न पाइदैन गुठि विधेयक चाहिदैन, संस्कृति अतिक्रमण बन्द गर जस्ता प्लेकार्ड तथा ब्यानरसहित प्रदर्शन गरेका थिए ।
राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियो । सबै जुलुस माइतिघर मण्डलामा एकत्रित भएको छ ।
सरकारले मंगलबारै गुठी विधेयक फिर्ता लिएको थियो । तर, यसविरुद्धका अभियन्ताले सरकारको निर्णयमा भर नलागेको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा