सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खलङगा, जेठ ३० । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन्। उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो।
बुधबार राति १ बजे सिँजा गाउँपालिका-२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएको जनाइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा