सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, बैशाख ५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।
बिदाई समारोहमा प्रहरी महानिरीक्षक खनालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गर्नुभयो ।
आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा स्थानिय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गर्नुभयो । आफ्नो ज्ञान, सीप एवम् कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले त्यसतर्फ खटि जाने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ९, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान ५ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिनुभयो ।
उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु बैशाख ९ र १६ गते त्यसतर्फ प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा