सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, ३० चैत्र । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ मा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको गस्ती टोलीले नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ नमुना ईटा भट्टा क्षेत्रबाट भरुवा बन्दुकसहित शनिवार बिहान एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार शाही बन्दुक लोड गरेकै अवस्थामा पक्राउ परेका हुन् । शाहीबाट ६५ वटा सिसाको गोलीसमेत बरामद गरिएको छ । शाहीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक चन्दले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा