सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत २८। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङकुमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताएका हुन् ।
राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने, ‘पञ्चायत विरोधी आन्दोलन भनौं या २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।’ उनले थपे, ‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।’
विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उनले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताए ।
उनले विदेश जाने नेपालीलाई शक्तिशाली सन्देश यस फनपार्कले प्रवाह गर्ने बताए । युवाले आँट्यो भने एउटा सामान्य रेष्टुरेण्टबाट राष्ट्रिय स्तरमा लगानी प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण उद्योग बन्न सक्ने उदाहरण फनपार्कले दिएको उनले उल्लेख गरे। नारायणगढबाट भेटघाट रेष्टुरेण्टको नामबाट तास व्यापार शुरु गरी राष्ट्रिय महत्व राख्ने पर्यटक प्रवद्र्धन गर्न सक्ने पार्क निर्माण गरेकामा सञ्चालक गोविन्द तिवारी, महेश तिवारीसहितको सञ्चालक समूहप्रति उनले आभार व्यक्त गरे ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा